+
+

आपतकालीन सेवालाई एकीकृत गर्नेबारे अध्ययन गर्न कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते २०:३८

२२ माघ, काठमाडौं । आपतकालीन सेवा एकीकृत रुपमा प्रवाह गर्ने विषयमा अध्ययन गर्न गृह मन्त्रालयले एक कार्यदल गठन गरेको छ ।

एम्बुलेन्स, दमकल, प्रहरी र प्रारम्भिक स्वास्थ्य जस्ता सेवालाई एकीकृत रुपमा उपलब्ध गराउने विषयमा १५ दिनभित्र अवधारणापत्र र कार्ययोजना पेश गर्न विपद् व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलमा गृह, स्वास्थ्य, सञ्चार तथा सूचना प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बलका एक-एक जना र नेपाल प्रहरीका दुईजना प्रतिनिधि रहेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका सूचना तथा सञ्चार विज्ञ विजय गौतम पनि कार्यदल सदस्य छन् ।

अत्यावश्यक सहायता सेवाका लागि हाल नेपाल प्रहरीको १००, दमकलको १०१, एम्बुलेन्सको १०२ र ट्राफिक प्रहरीको १०३ नम्बरहरू प्रयोगमा छन् । यी सबै आकस्मिक सेवालाई एउटै प्रणालीबाट सञ्चालन गर्ने विषयमा कार्यदलले अध्ययन गरेर सुझाव दिने उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?