+
+

शान्तिवाटिकामा धर्नामा बसेकालाई नगर प्रहरीले हटायो

आर्यन धिमाल आर्यन धिमाल
२०८० माघ २३ गते ११:०७

२३ माघ, काठमाडौं । शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई महानगरीय प्रहरीले हटाएको छ । आज बिहान करिब साढे आठ बजेतिर पुगेको नगर प्रहरीको टोलीले धर्नामा बसेकाहरुलाई लछारपछार गर्दै हटाएको पीडितहरुले बताएका छन् ।

शान्तिवाटिकामा मिटरब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए ।

मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको केन्द्रीय सदस्य आकाश क्षेत्रीले अनलाइनखबरसँग भने, ‘हामी करिब २५ जना बसिरहेका थियौं । आज बिहान करिब साढे ८ बजेतिर महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरीहरु आएर हाम्रो सामान फालिदियो । पकाएको भात पनि खान दिएन । दुर्व्यवहार पनि गर्‍यो ।’

उनीहरुलाई हटाउने क्रममा ठूलो संख्यामा प्रहरीहरु पनि परिचालन गरिएको थियो ।

यसअघि माइतीघरमा धर्नामा बसेकाहरुलाई प्रहरी प्रशासनले हटाएको थियो । माइतीघरमा निषेधित क्षेत्र घोषणा गरेर धर्ना र प्रदर्शन गर्नेहरुका लागि भृकुटीमण्डपमा स्थान तोकिएको थियो । तर मिटरब्याज पीडित लगायतका समूह शान्तिवाटिकामा धर्नामा बस्दै आएका थिए ।

विभिन्न माग राख्ने समूहरु ११ महिनादेखि शान्ति बाटिका कब्जा गरेर बसेको र त्यसका कारण रानीपोखरीसमेत फोहोर हुन थालेकाले उनीहरुलाई हटाउनु परेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

उनले शान्ति बाटिकामा धर्नामा बस्नेहरु भान्छा र बिस्तारसहित स्थायी रुपमै बसेको भन्ने सूचना आएपछि उनीहरुलाई हटाउन महानगरले आदेश दिएको बताए ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?