+
+

केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’को रिलिज मिति तय

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १७:२३

काठमाडौं । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म वैशाख १४ गतेदेखि हलमा रिलिज हुने भएको छ ।

अधिकारीकै होम प्रोडक्सनमा बनेको यो फिल्ममा उनकै शीर्ष भूमिका छ । यसअघि मञ्चन भइसकेको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर यो फिल्म निर्माण भएको हो । नाटककै लेखक तथा निर्देशक सुलक्षण भारतीले यो कथानक फिल्मलाई निर्देशन गरेका हुन् ।

फिल्ममा केकीसहित सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बाँस्तोला लगायतको अभिनय छ । महिलालाई बोक्सीको आरोप लगाई समाजले गर्ने शोषणको वरिपरि रहेर फिल्मको निर्माण भएको हो ।

सामाजिक-थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने उनको योजना छ ।

केकी स्वयं निर्माता रहेको फिल्मको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन र लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । टी-फक फिल्म्स यो फिल्मलाई वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?