+
+

दर्शक तर्साएर बहराइन उडिन् केकी, मिलन र पशुपति पनि सँगै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १६:५९

काठमाडौं । फिल्म ‘बोक्सीको घर’लाई लिएर अभिनेत्री तथा निर्मात्री केकी अधिकारीको व्यस्तता बढेको छ । यो फिल्मलाई देश–विदेशमा चलाउन उनलाई भ्याइनभ्याइ छ । प्रवर्द्धन गर्नेदेखि रिलिजको मेसोमेलो मिलाउन उनी सक्रिय छिन् ।

आइतबार ट्रेलर रिलिज गरेर दर्शक र पत्रकार तर्साएकी केकी फिल्म प्रवर्द्धनका लागि भन्दै सोमबार मध्यपूर्वको बहराइन उडेकी छन् । इदको अवसरमा गैरआवासीय नेपाली संघले त्यहाँ गर्न लागेको ‘सांगीतिक साँझ २०२४’ मा सहभागी हुन उनी केही संगीतकर्मीसहित त्यता उडेकी हुन् ।

केकीसँगै गायक पशुपति शर्मा र गायिका मिलन नेवार पनि बहराइन प्रस्थान गरेका छन् । उक्त कार्यक्रममा यी चर्चित फिल्म र संगीत क्षेत्रका हस्तीले प्रस्तुति दिन लागेका हुन् ।

मनामास्थित डेलमन इन्टरनेसनल होटलमा इदको पहिलो दिन कार्यक्रम हुन लागेको हो । दुर्गम नेपाली क्षेत्रका बालबालिकाको शिक्षामा सघाउने उद्देश्यले आयोजित च्यारिटी सांगीतिक कार्यक्रममा कलाकारले सहभागिता जनाउन लागेका हुन् । फोटोमा कलाकारसँगै अर्का गायक किरण भुजेल पनि देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?