+
+
Shares

केकीले किनिन् ५७ लाखको विद्युतीय गाडी (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री केकी अधिकारी र संगीतकर्मी विजेश श्रेष्ठले आइतबार प्रोटोनको शोरुमबाट ईभी गाडी किन्ने अवसर पाए।
  • उनीहरूले क्रमशः ५७ लाख र ६८ लाख मूल्य पर्ने गाडी किनेर ग्राहक बने।
  • प्रोटोनका बिक्री प्रमुखले सेलिब्रेटी र सर्वसाधारणमा ईभीप्रति आकर्षण बढेको बताए।

काठमाडौं । विद्युतीय गाडीप्रति सेलिब्रेटीको आकर्षण बढ्दो छ । यस क्रममा आइतबार अभिनेत्री केकी अधिकारी र संगीतकर्मी विजेश श्रेष्ठले प्रोटोन ब्राण्डका दुई अलग अलग ईभी गाडी किने ।

थापाथलीस्थित प्रोटोनको शोरुमबाट केकीले ५७ लाख रुपैयाँ मूल्य पर्ने प्राइम भेरिएन्ट र विजेशले ६८ लाख पर्ने प्रिमियम गाडी किनेका हुन् । आइतबार उक्त शोरुमको उद्घाटन गर्ने क्रममा केकी र विजेश ग्राहक बनेर पुगेका थिए ।

सो अवसरमा आफूहरूले गाडीको चाबी हस्तान्तरण गरेको प्रोटोनका बिक्री प्रमुख आकाशविक्रम थापाले बताए । ‘उहाँहरू दुबैजनाले गाडी किन्नुभएको हो’ पछिल्लो समय सेलिब्रेटीमात्र होइन, सर्वसाधारणमा पनि ईभीप्रति आकर्षण देखिएको छ ।’

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?