
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘जनै हराएको मान्छे’को पोस्टर सार्वजनिक भएको छ, जसमा विजय बराल, केकी अधिकारी र मिरुना मगर छन्।
- फिल्म ६ भदौमा प्रदर्शन हुने तयारीमा छ, र यसले आमा र छोराबीचको कथालाई प्रस्तुत गर्दछ।
- पोस्टरले पात्रहरूबीचको जटिल सम्बन्ध र चरित्रको भावनात्मक मुड दर्शाउँछ।
काठमाडौं । विजय बराल, केकी अधिकारी र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘जनै हराएको मान्छे’को आकर्षक र अर्थपूर्ण पोस्टर सार्वजनिक भएको छ ।
पछिल्लो समयका तीन फिल्म स्टारलाई शीर्ष भूमिकामा लिएर बनाइएको यो फिल्म ६ भदौ (२२ अगस्ट)मा प्रदर्शन तयारीमा छ । पोस्टरको बीचमा विजय छन् र दायाँबायाँ केकी र मिरुना ।
दुई अभिनेत्रीको हातमा रहेको डोरीलाई विजयले समातेका छन् । यो दृश्यले यी तीन पात्रबीचको जटिल र भावनात्मक सम्बन्धलाई दर्शाउँछ । केकीको साइडतिरको दृश्यको रङ नीलो छ भने मिरुनाको साइडको रातो ।
चरित्र र रङको मुड दर्शाउने कुरामा पोस्टर डिजाइनरले मिहेनत गरेको देखिन्छ । यसअघि हिन्दु संस्थाको दबाबपछि टाइटलबाट बाहुन हटाएर मान्छे राखिएको थियो ।
सार्वजनिक पोस्टरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे धेरै कुरा बताउँछ । हिमाल न्यौपाने निर्देशित फिल्मलाई काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको थियो ।
फिल्मले आमा र छोराबीचको भावनात्मक कथा पेश गर्ने जनाइएको छ । फिल्ममा गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटाको मुख्य भूमिका छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिल्सिना र चुडामणि सिवाकोटी छन् ।
प्रतिक्रिया 4