+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भ्रष्टाचार विरोधी अभियानलाई तीव्र बनाउन संसदको तिखो खबरदारी आवश्यक छ : जनार्दन शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १३:२८

२४ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका लागि चालेका कदमहरु स्वागतयोग्य रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै उनले यस्तो बताएका हुन् ।’अहिले सरकारले भ्रष्टाचारविरोधी अभियान, सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा जुन पहल अगाडि बढाइरहेको छ । त्यो पहललाई तिव्र बनाउनका लागि संसदको तिखो खबरदारी, सहयोग र साथ आवश्यक भएको ठानेको छु’ उपमहासचिव शर्माले भने ।

भ्रष्टाचार विरोधी अभियान र सुशासनको पक्षको पहलमा राजनीतिक रङ दिन नहुने उनको भनाइ छ । ‘सुशासनको, भ्रष्टाचारको राजनीतिक रङ हुँदैन । यसलाई सुशासन स्थापना गर्न हामी सबैले साथ र सहयाग गर्नुपर्छ’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा आत्मसमिक्षासहित नयाँ ढंगले काम गर्ने घोषणा गरेको स्मरण गर्दै उनले भने, ‘उक्त घोषणा सही ढंगले कार्यान्वयन हुन्छ भने भन्ने विश्वास छ ।’

सहकारीको रकम हिनामिना भएको भनी विषय आएको भन्दै उनले सुधार र समस्या समाधानका लागि काम गर्न उनले सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?