+
+

नेपाल जुडो संघलाई जापानद्वारा खेल सामाग्री हस्तानतरण

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १६:०५

२४ माघ, काठमाडौं । जापानले नेपाल जुडो संघलाई खेल सामाग्री सहयोग गरेको छ । बुधबार काठमाडौंस्थित जापानी दुतावासमा आयोजित एकक र्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपाल जुडो संघलाई २४० थान जुडो पोसाक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य र पदाधिकारीहरुको उपस्थिति थियो ।

यस्तै २००८ को ओलम्पिकमा सहभागि जुडो खेलाडी तथान हाल प्रशिक्षक देवु थापा पनि उपस्थित थिए । यस बाहेक २०२६ मा जापानमा हुने आईची नागोया एसियन गेम्सका लागि तयारी गरिरहेका चार जुडो खेलाडी पनि उपस्थित थिए ।

राजदुत किकुताले खेलाडीहरुलाई शुभकामना समेत दिए ।

जापान सरकारको खेलकुद कूटनीति अभिवृद्धि परियोजनाअन्तर्गत खेलकुदको माध्यमबाट जापान र उसका मित्र राष्ट्रहरूबीच आपसी समझदारी बढाउने कार्यक्रमअन्तर्गत अल जापान जुडो फेडेरेसन (एजेजेएफ) र जुडोज संस्थाले जुडो पोशाकहरू उपलब्ध गराएको हो ।

यसले नेपालको भविष्यको रुपमा खेलाडीहरुको उत्साहलाई प्रोत्साहित गर्न, यसले सकारात्मक भूमिका खेल्ने विश्वास छ ।

साथै जापानको सद्भावनाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँने जापानी दूतावासले जनाएको छ ।

जुडोजले नेपालमा जुडोको प्रवद्र्धनका लागि निरन्तर सहयोग गर्दै आएको छ । यसअघि एक अन्तर्राष्ट्रिय प्रशिक्षक र विश्व च्याम्पियन जुडो खेलाडी, जुडो खेल सामाग्री र जुडो हलमा प्रयोगको लागि टाटामी म्याटहरू प्रदान गरेको छ ।

यस्तै सन् २००२ मा जापानको मात्सुमोटो सिटी र काठमाडौं सिटीबीच भगिनी सहरको सम्बन्ध स्थापनाको दशौँ वार्षिकोत्सवको अवसरमा काठमाडौंको बहुउद्देश्यीय मार्सल आर्ट सेन्टर (एमएमएसी) निर्माण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?