+
+

सूर्यदर्शन सहकारी प्रकरण : पूर्वडीआईजी जोशीको घरमा प्रहरी छापा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते २२:१५
पूर्वडीआईजी छविलाल जोशी

२४ माघ, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ ।

जिल्ला प्रहरी कार्यालय, पोखराको आग्रहमा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले छापा मारेको काठमाडौं प्रहरीका एक अधिकृतले अनलाइनखबरलाई बताए ।

जोशीको घरमा नेचर हब इन्टरनेश्नल प्रा.लि.को कार्यालयसमेत सञ्चालित थियो । त्यहाँबाट पोखरास्थित सूर्यदर्शन सहकारीको सफ्टवेयरसहितका विवरण र अन्य सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम ठगी भएको घटनामा संस्थापक अध्यक्ष जीबी राई, अध्यक्ष थानबहादुर बुढा मगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी छ ।

 

संस्थापक अध्यक्ष राई र पूर्वडीआईजी जोशी व्यवसायिक साझेदार समेत हुन् । अनुसन्धानका क्रममा, जोशीको घरमा सूर्यदर्शन सहकारीसँग सम्बन्धित विषयहरु भएको खुलेपछि उनको घरमा छापा मारिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

पूर्व डीआईजी जोशी अवकाशपछि नेटवर्किङ ब्यबसायको साझेदार बनेर जीवी राईको समूहमा पुगेका थिए । उनीहरुको समूहले सुरु गरेको ग्यालेक्सी टीभीमा सुरुवाती समयमा उनी उपाध्यक्ष थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?