+
+

मोबाइल चोरी गरी आपराधिक लाभ लिएको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १७:१५

६ वैशाख, काठमाडौं । प्रहरीले मोबाइल चोरी गरी आपराधिक लाभ लिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका-२ घर भई हाल सिनामंगल -९ बस्‍ने २७ वर्षीय निश्चल लामा रहेका छन् ।

उनलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले काठमाडौंका विभिन्‍न स्थानमा मोटरसाइकलमा लिफ्ट मागी मोबाइल माग्‍ने, लिफ्ट दिने व्‍यक्तिको मोबाइल मागेर मोबाइल बैंकिङमार्फत रकम ठगी गर्दै आएका थिए ।

उनले विभिन्‍न व्‍यक्तिहरूसँग बहाना बनाइ मोबाइल मागेर मोबाइल बैंकिङमार्फत ३ लाख ६२ हजार १७० रुपैयाँ ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । साथै उनले ठगी गरेका मोबाइलहरू हाम्रो बजार डटकममा राखेर विक्रीसमेत गर्दै आएको प्रहरीले उल्लेख गरेको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?