+
+

टाटा मोटर्सको भ्यालेन्टाइन एक्सचेन्ज अफर : पुरानोसँग नयाँ गाडी साट्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १३:३७

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि भ्यालेन्टाइन स्पेसल ‘एक्सचेञ्ज विथ लव’ अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेञ्जका गाडीहरु लैजान सकिने कम्पनीले जनाएको छ । शुक्रबारदेखि सुरु भएको यो अफर तीन दिनसम्म सञ्चालन हुने छ ।

यस अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना गाडीहरुलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभी लगायतका गाडीहरु साट्न सकिनेछ ।

उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, राधेराधे भक्तपुर, वेस्टर्न मोटर्स् महाराजगञ्ज, जेबी मोटर्स बालकुमारी र उपत्यका बाहिर रुद्रप्रिया इन्टरनेसनल नेपालगञ्ज र नारायणगढमा रहेको एसएच मोटर्समा पुगेर यो अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

यस अफरमा गाडी किन्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा ईभी गाडीका लागि फास्ट चार्जर, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा आईफोन १५ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?