
काठमाडौं । मनोज थापा मगर र तारा श्रीश मगरको स्वरमा कौडा गीत ‘मायाको झल्को’ सार्वजनिक भएको छ । रोदी शैलीमा सिर्जना गरिएको गीतमा अविनाश थापा मगरको शब्द र गणेश गुरुङको संगीत छ । गीतलाई मनोज स्वयंले एरेन्ज गरेका छन् ।
मायाप्रेमको भावमा निर्माण गरिएको गीतको भिडियोलाई शेखर घर्ती मगरले निर्देशन गरेका छन् । शेखर घर्ती मगर, सुष्मा आले मगर र अस्मिता मगरले अभिनय गरेको भिडियोलाई विजय लामाले खिचेका हुन् । भिडियोमा अमृत चापागाईंको सम्पादन तथा कलर संयोजन छ । भिडियोमा शेखरकै कोरियोग्राफी छ ।
गीत ‘अविनाश थापा मगर’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4