+
+

एबी डिभिलियर्सको विश्व कीर्तिमान तोड्नबाट चुके अनिल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते १४:२०

२७ माघ, काठमाडौं । नेपाली क्रिकेट टोलीका विकेटकिपर अनिलकुमार साह दक्षिण अफ्रिकाका लेजेन्ड्स एबी डिभिलियर्सको विश्व कीर्तिमान तोड्नबाट चुकेका छन् । क्यानडाविरुद्ध दोस्रो ओडिआई खेलमा विष्फोटक ब्याटिङ गर्दै अनिल १९ बलमा ५० रन बनाएका छन् । उनी बिसौं बलमा भने आउट हुन पुगे ।

अनिल विश्व कीर्तिमान बनाउनबाट भने चुकेका छन् । ओडीआईमा सर्वाधिक छिटो दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले २०१५ मा वेस्टइन्डिजविरुद्ध १६ बलमा हानेको दुर्लभ विश्व कीर्तिमान तोड्ने रेकर्डबाट चुकेका हुन् । अनिल १३ बलमा ७ चौका र २ छक्कासहित ४३ रनमा खेलेका थिए । तर छैटौं ओभरमा साद बिन जफारको तीन बलमा एक रन जोडेपछि उक्त उक्त कीर्तिमानबाट चुकेका हुन् ।

नेपालका लागि भने कीर्तिमान बनाएका छन् । १९ बलमा अर्धशतक नेपालबाट भने सर्वाधिक छिटो  ओडीआई अर्धशतक हो । उनले आसिफ शेखको २१ बलमा गतवर्ष पपुवा न्युगिनीविरुद्ध बनाएको  अर्धशतकको कीर्तिमान तोडेका हुन् ।

अनिल २० बलमा ७ चौका र ३ छक्कासहित ५० रनमा आउट भए । २०२२ मार्चपछि नेपाली टोलीमा पूनरागमन गरेका हुन् । प्रधानमन्त्री कपमा मधेश प्रदेशबाट ९ खेलमा ३८६ रन बनाउँदै उत्कृष्ट ब्याटरका साथ नेपाली टोलीमा फर्किएका थिए । आज उनलाई कुशल भुर्तेललाई विश्राम दिँदै मौका  दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?