+
+

बसले ठक्कर दिंदा भक्तपुरमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १०:३३

२८ माघ, काठमाडौं । बसले मोटरसाइकललाई ठक्कर दिंदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका-७ बाँसघारीका ५४ वर्षीय मुकुन्दप्रसाद तिमिल्सिना रहेका छन् ।

सूर्यविनायक नगरपालिका- १० पलासेमा साँगाबाट जगातीतर्फ आउँदै गरेको बा२ख ९४५४ नम्बरको बसले विपरीत  दिशातिर जाँदै गरेको बा.७८ प.३१५५ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करपछि सख्त घाइते भएका मोटरसाइकल चालक तिमिल्सिनाको मध्यपुर अस्पतालमा शनिबार राति नै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीले बससहित चालक दोलखा भीमेश्वर नगरपालिका-७  घर भई काभ्रे बस्ने ३५ वर्षीय देहेन्द्रसिंह बस्नेतलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?