+
+

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते ११:१८

२८ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ ।

चार महिने रुपान्तरण अभियान र पार्टीका संरचनामा केन्द्रीत भएर माओवादी केन्द्रीय समिति बैठकमा छलफल हुने भएको हो ।

बैठक राष्ट्रिय सभागृहमा सुरु हुँदै छ । बैठकमा प्रस्तावित विधान मस्यौदामाथि पनि छलफल हुने छैन ।

माओवादीको १ फागुनदेखि सुरु हुने विधान सम्मेलनकै तयारी स्वरुप बस्न लागेको बैठकमा प्रस्तुत हुने मस्यौदालाई एजेन्डा नबनाउने सहमति माओवादीको शनिबार सम्पन्न स्थायी समिति बैठकले निर्णय गरेको छ ।

बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा र छलफल हुने उनले माओवादी केन्द्रले जनाएको छ ।

साथै, समसामयिक राजनीति र १ फागुनदेखि सुरू हुने विधान सम्मेलनबारे पनि बैठकमा छलफल हुने जनाइएको छ । माओवादी केन्द्रीय कमिटीको बैठक भोलिसम्म बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?