+
+

बुढानीलकण्ठ नगरपालिकाले ‘साहित्यिक-सांस्कृतिक महोत्सव’ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १३:२८

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ । नगरपालिकाको आयोजनामा फागुन ११ र १२ गते दुईदिने महोत्सव हुने भएको हो ।

महोत्सव संयोजक समेत रहेकी उपप्रमुख अनिता लामाले पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिइन् । उक्त अवसरमा साहित्यकार तथा संस्कृतिविद्, नगरसभा सदस्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महाशाखा, शाखा प्रमुख उपस्थित थिए । साहित्यकार बाबु त्रिपाठीले फागुन ११ र १२ गते गरी दुई दिन आयोजना हुने कार्यक्रमको तालिका प्रस्तुत गरेका थिए ।

पहिलो दिन फागुन ११ गतेको कार्यक्रम नगरपालिकाको वडा नम्बर १३ स्थित चुनिखेल र दोस्रो दिनको कार्यक्रम बुढानीलकण्ठ मन्दिर परिसरमा आयोजना हुने जनाइएको छ ।

महोत्सवमा दर्जनौं राष्ट्रिय कलाकार, ५० जनाभन्दा बढी कवि, आख्यानकार, संस्कृतिविद्लगायत विद्यार्थी सहभागी हुने जनाइएको छ । विभिन्न नगरपालिका प्रमुखहरुबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्च, गजललगायत बहुविधा तथा क्षेत्रबारेका अन्तरक्रियात्मक कार्यक्रम पनि हुने जनाइएको छ ।

सांस्कृतिक सद्भाव र सम्भावनाको आदानप्रदान गर्ने उद्देश्यले आयोजना हुने यस महोत्सवमा स्थानीय सांस्कृतिक झाँकीहरुको प्रस्तुतिसमेत समेटिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?