+
+

शहरी गरिबको कुरा सुनाउन भन्दै लुम्बिनीबाट ई: ले सुरु गरे काठमाडौं यात्रा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १९:३०

२८ माघ, काठमाडौं । अभियन्ता ई: ले लुम्बिनीको मायादेवी मन्दिरबाट सिंहदरबारतर्फ यात्रा सुरु गरेका छन् । उनले सहरी गरिबको कुरा सुनाउन मायादेवी-सिंहदरबार यात्रा सुरु गरेको जानकारी गराएका छन् ।

यसअघि उनी काठमाडौंका फुटपाथ व्यवसायीलाई जीविकोपार्जनको विकल्प दिनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर  १९९ घण्टा उभिएका थिए ।

उनले पैदलयात्रा सुरु गर्दा राखेका ३ माग यस्ता छन् :

  • देशभरका पालिकालाई सडक व्यवसाय र अनौपचारिक क्षेत्रबारे व्यवस्थापकीय नीति तयार गर्न एवं गरीबलाई विना अध्ययन र विना विकल्प विस्थापन नगरी कानुन र संविधानको मर्म परिधिभित्र बस्न निर्देशन दिने ।
  • शहरी गरीबको संरक्षण गर्न आवश्यक व्यवस्था तथा सडक व्यवसाय र अनौपचारिक क्षेत्रको व्यवस्थापन सम्बन्धी संघीय कानुन निर्माण र भएएका कानुनको सबलीकरण ।
  • पालिकाहरुलाई शहरी गरिबलाई सम्बोधन गर्न सहयोग गर्ने सडक व्यवसाय व्यवस्थापन बृहत्तर अनौपचारिक क्षेत्र र साना उद्यम प्रवर्द्धन गर्ने तहगत सहकार्य कार्यक्रमलाई प्राथमिकता दिने ।

लुम्बिनीबाट आइतबार विहान ८ बजे सुरु भएको ई: को पैदलयात्रा फागुन ७ गते सिंहदरबारमा आएर समाप्त हुनेछ ।

उनी पहिलो दिन सुनवल रामनगर, दोस्रो दिन दुम्कीबास, तेस्रो दिन दलदले,चौथो दिन चितवनको रामनगर, पाँचौं दिन कुरिनटार, छैटौं दिन गजुरी, सातौं दिन नौबिसे र आठौं दिन काठमाडौं आइपुग्नेछन् ।

पदयात्राका क्रममा मिटरब्याजविरुद्धको न्याय मार्चमा पनि एक्यवद्धता जनाउने ई: ले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?