+
+

कञ्चनपुरमा पत्रकार पक्राउ परेको मुद्दामा थप दुई जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १५:३०

१ फागुन, धनगढी । कञ्चनपुरमा पत्रकार पक्राउ परेको मुद्दामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१६ का दशरथ धानुक र वडा नं १८ का कर्णबहादुर चन्द रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिए ।

प्रहरीले विद्युतीय अपराधसम्बन्धी एक मुद्दामा पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यही मुद्दामा अनुसन्धानका लागि सोमबार धानुक र चन्दलाई पनि पक्राउ गरेको हो ।

प्रहरीले यसअघि सामाजिक सञ्जालमा जथाभावी लेखेर चरित्र हत्या गरेको उजुरीका आधारमा शनिबार पत्रकार भट्ट र कुँवरलाई पक्राउ गरेको थियो । उनीहरु दुबै जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कञ्चनपुरले प्रहरीलाई अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?