+
+

सोलुखुम्बुमा पत्रकारमाथि हातपात गरेको आरोपमा ५ जना पक्राउ

रासस रासस
२०८० फागुन १ गते १९:११

१ फागुन, सोलुखुम्बु । सोलुखुम्बुमा पत्रकारमाथि हातपात गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोलुदुधकुण्ड नगरपालिका-५ का २८ वर्षीय राम तामाङ, सोही वडाका २६ वर्षीय सोनाम शेर्पा, २७ वर्षीय मङ्गल तामाङ, २८ वर्षीय लक्ष्मण तामाङ र ३२ वर्षीय सुब्बा तामाङ रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

दुधकोशी खबरका रमन वनमाथि गत शनिबार राति सल्लेरीस्थित निजको कोठा पुगेर हातपात गरेको आरोपमा उनीहरुलाई आज सल्लेरीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार मिश्रले जानकारी दिए ।

सञ्चार माध्यममा भिडियो सामग्री प्रसारण गरेकै कारण आफूमाथि हातपात गरेको पत्रकार वनले बताए ।

सोलुदुधकुण्ड–५ का वडाध्यक्ष मिङमार तामाङसहित राति आफ्नो कोठामा पुगेका व्यक्तिहरूले आक्रमण गरी भिडियो मेटाउन (डिलिट गर्न) धम्की दिँदै आफूलाई कुटपिट गरेको उनको भनाइ थियो ।

सो घटनापछि हातपात गर्ने विरुद्ध पत्रकार वनले अभद्र व्यवहार गरेको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दिनुभएको थियो ।

तामाङ समुदायको ल्होछार पर्व मनाउने क्रममा शनिबार सल्लेरीस्थित एक होटलमा स्थानीय युवा मदिरा सेवन गरेर झगडा गरेका थिए । उक्त झगडाको भिडियो दुधकोशी खबरले सम्प्रेषण गरेको थियो ।

यसैबीच, वडाध्यक्ष मिङ्मार तामाङले पनि अनुसन्धान प्रक्रियामा सहयोग गर्ने बताए । ‘सुरुमा वडाध्यक्ष तामाङले पनि पत्रकार वनमाथि हातपात गरेको आरोप लागेको थियो । वडाध्यक्ष तामाङले आफूले हातपात गरेको नभई सहजीकरणका लागि घटनास्थल पुगेकाले प्रहरीलाई बताएपछि अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ’, प्रहरी निरीक्षक मिश्रले भने ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?