+
+

कैलालीमा कुटपिटबाट एक जनाको मृत्यु, ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २८ गते २१:१३

२८ पुस, धनगढी । कैलालीमा कुटपिटबाट घाइते एक युवकको मृत्यु भएपछि घटना हुँदा उनीसँगै रहेका ६ जना पक्राउ परेका छन् ।

गोदाबरी नगरपालिका-१ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका कृष्णपुर नगरपालिका-५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दका अनुसार २५ पुसको साँझ साथीसँगै दोहोरी साँझ गएका देउवा भोलिपल्ट गोदाबरीको चौकीडाँडामा भेटिएका थिए ।

उनीसँगै दोहोरी साँझमा गएका कृष्णपुर नगरपालिका-४ का २८ वर्षीय टेकबहादुर नायकले घर पुर्‍याइदिएपछि घाइते देउवालाई उनको परिवारले उपचारका लागि धनगढीको  निसर्ग अस्पताल लगेका थिए । देउवाको उपचारकै मृत्यु भएपछि उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

विवादका क्रममा देउवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले उनीसँगै दोहोरी साँझ गएका ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका-१ का २७ वर्षीय विनोद शाह, गोदावरी-६ का २४ वर्षका प्रकाश ओली, वडा नम्बर १ का २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका -९ का ३८ वर्षीय रामबहादुर ऐर र उनीसँगै गएका टेकबहादुर नायक रहेका डीएसपी चन्दले बताए ।

मृतकका परिवारले उनीहरूविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएका छन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?