+
+
Shares

खैरो हेरोइनसहित ३ जना पक्राउ

उनीहरूको साथबाट ७९ ग्राम खैरो हेरोइन बरामद भएको ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १६:४८

६ वैशाख, काठमाडौं । लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा इलामको देउमाई नगरपालिका–७ का २८ वर्षीय सुजन पाख्रिन, झापा गाउँपालिका–४ का मिन कुमार चाहार र झापाकै शिवसताक्षी नगरपालिका–४ का ४० वर्षीय आशिष भनिने भगवती राई छन् ।

उनीहरुलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरूको साथबाट ७९ ग्राम खैरो हेरोइन बरामद भएको ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए ।

उनीहरुविरुद्ध लागुऔषध सम्बन्धीको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?