+
+

नेपाल भित्रियो ‘जीएसी–एयोन–वाई’, मूल्य कति ? (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १९:५४

काठमाडौं । चिनियाँ कम्पनी ग्वान्झाओ अटोमोबाइलले उत्पादन गर्ने ‘एयोन–वाई’ मोडेल नेपाल भित्रिएको छ । यसलाई सिजी मोटर्सले नेपाली बजार ल्याएको हो ।

विद्युतीय यो गाडी मंगलबार कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सार्वजनिक गरे । इनोभेसन र सेफ्टीका दृष्टिकोणबाट एक उत्कृष्ट इभी नेपाली बजार भित्रिएको उनले बताए ।

प्रतिस्पर्धी मूल्यमा नेपाल ल्याइएको यो गाडी विभिन्न बैंक तथा वित्तीय संस्थाबाट फाइनान्सिङ सुविधासहित प्राप्त गर्न सकिने उनले बताए ।

कम्पनीका अनुसार यस मोडेलमा ६१.५ किलोवाट आवरको ब्याट्री छ । जसले एक चार्जमा ४ सय ९० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

यो मोडेलको गाडीको लम्बाइ ४५३५ मिलिमिटर (एमएम), चौडाइ १८७० र उचाइ १६५० एमएम छ । ह्विलबेस २७५० एमएम छ । १ सय किलोवाट पिकआवर क्षमता रहेको यो गाडीमा २२५ एनएम पिकटर्क छ ।

यो कारको मूल्य नेपालमा ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिए । ३६० डिग्री क्यामरा रहेको यो गाडी नेपाली ग्राहकबीच लोकप्रिय हुने अपेक्षा चौधरीको छ ।

अहिले विश्वमै नेपालको इभी नीतिको प्रशंसा हुने गरेको भन्दै अहिले हरेक १० गाडी बिक्री हुँदा ७ वटा इभी भइरहेको उनले बताए । सोही कारण कम्पनीले अत्याधुनिक मोडेलको नयाँ इभी नेपाल ल्याएको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?