+
+

एसीसी वुमन्स प्रिमियर कप : नेपालले कुवेतविरुद्ध फिल्डिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते ११:३४

२ फागुन, काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनल खेलमा कुवेतविरुद्ध फिल्डिङ गरिरहेको छ ।

केवेतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले फिल्डिङ गरेको हो । यो खेल जिते नेपाल सेमिफाइनल पुग्नेछ ।

नेपाल समूह डीको विजेता र कुवेत समूह ए को उपविजेताको रुपमा क्वाटरफाइनलमा पुगेका हुन् ।

नेपालले समूह चरणमा हङकङ र भुटानलाई समान ८ विकेटले हराएको थियो । माल्दिभ्सलाई २१४ रनले हराएको थियो ।

नेपालको सीता रानामगर, रुविना क्षेत्री र इन्दु बर्मा प्रमुख हतियार हुन् । यी तीनमध्ये एकले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । कविता कुँवर र आश्मिना कर्माचार्य प्रमुख बलर हुन् ।

उता कुवेतले समूह चरणमा म्यानमारलाई २७ रन र सिंगापुरलाई १० विकेटले हराएको थियो । थाइल्यान्डसँग ९६ रनले पराजित भएको थियो । कुवेतकी प्रियादा मुराली र जिफा आजीम प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

२०१९ यता नेपाल र कुवेतबीच चार महिला टी-२० आई खेल भएका छन् । नेपाल ३४ रन, २५ रन, ९ विकेट र ३० रनले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?