+
+

राप्रपाले ९ फागुनमा काठमाडौंमा प्रदर्शन गर्ने, प्रधानमन्त्रीलाई मागपत्र बुझाउने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १६:४०

२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह लगायत जनजीविकासंग सम्बन्धित माग राखेर ९ फागुनमा प्रधानमन्त्रीलाई मागपत्र बुझाउने भएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा आन्दोलन परिचालन समिति, पार्टी पदाधिकारी, केन्द्रीय सदस्यहरु, उपत्यकाका जिल्ला अध्यक्षहरु, भातृ संगठनका प्रमुख लगायतको बैठकले उक्त दिन मागपत्र बुझाउने निर्णय गरेको हो ।

फागुन ९ गते राप्रपाले काठमाडौंम प्रदर्शन समेत गर्नेछ । साथै, सोही दिन राप्रपाले देशका ७४ जिल्लामा प्रदर्शन सहित प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई मागपत्र पेश गर्ने कार्यक्रम समेत तय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?