+
+

सौगात मल्ल स्टारर एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १६:१६

काठमाडौं । सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएको छ । विहीबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलर बदलाको कथामा आधारित छ ।

ट्रेलरमा फिल्मका शीर्ष कलाकारहरु सौगात मल्ल, नाजिर हुुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरि, रविन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का लगायत फिचर्ड छन् । फागुन १८ गते प्रदर्शन तयारीमा रहेको यो फिल्म एक्सन जनरा रुचाउने दर्शकका लागि पर्खाइको सूचीमा हुनसक्छ ।

भारत र नेपालका विभिन्न थलोमा छायांकन गरिएको यो फिल्ममा सौगातको बहुचरित्रकरण देख्न सकिन्छ । उनले प्रेमी र बदला लिने एक्सन चरित्रमा सशक्त अभिनय गरेका छन् । फिल्ममा एन्टीहिरोको भूमिकामा प्रमोद दमदार देखिन्छन् । नाजिर हुसेनको ‘ग्रे’ चरित्र दर्शकका लागि अर्को दर्शनीय पात्र बन्न सक्छ ।

निश्चल क्यामियो रोलमा प्रस्तुत छन् । तर, उनको चरित्र चित्रणबारे विस्तृत खुलाइएको छैन । कूल मिलाएर यो फिल्म प्रेममा हुने बदलाको कथामा आधारितजस्तो देखिन्छ । ‘लभ डायरिज’ डेब्यु निर्देशक चौधरीले यो फिल्मबाट आफूलाई स्थापित गर्न खोजिरहेजस्तो देखिन्छ । ट्रेलर हेर्दा उनको निर्देशकीय पक्षमा विकास भएको अनुमान गर्न सकिन्छ ।

सौगात र मलिकाको प्रेम सम्बन्ध चित्रणसँगै ट्रेलर सुरु हुन्छ । ‘पानीफोटो’ र ‘दोख’जस्ता फिल्मबाट चर्चित मलिकाको यो तेस्रो प्रोजेक्ट हो । मलिकालाई ट्रेलरमा छोटो तर अर्थपूर्ण रुपमा प्रस्तुत गरिएको छ । प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलले निर्माण गरेको फिल्मको लेखन पनि सौरभकै छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता हुन् । सेभेन सिजले यसलाई अन्तर्राष्ट्रिय वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?