+
+

युनाइटेड एकेडेमीले ‘युनाइटेड रोबो फेस्ट २.०’ आयोजना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १९:२४

काठमाडौं । युनाइटेड एकेडेमीले ‘युनाइटेड रोबो फेस्ट २.०’ आयोजना गर्ने भएको छ ।

ललितपुरको कुमारीपाटी स्थित युनाइटेड एकेडेमीमा २१ फागुनमा कार्यक्रम आयोजना हुने छ । कार्यक्रमको विषयवस्तु ‘रकेट’ राखिएको छ ।

एकेडेमीका अनुसार ‘रोबो फेस्ट’ मा सहभागी हुनका लागि दर्ता खुला भइसकेको छ । ‘रोबो फेस्ट’ मा सहभागी हुनका लागि अगाडि नै दर्ता गरेको खण्डमा  ‘रोबो सकर’ का लागि २ हजार रूपैयाँ र ‘रोबो रेस’ का लागि १ हजार ५०० रुपैयाँ शुल्क लाग्ने छ । दर्ता ९ फागुनमा बन्द हुनेछ ।

‘रोबो फेस्ट’ मा युनाइटेड एकेडेमीले आधारभूत रोबोटिक्स कार्यशाला प्रस्तुत गर्ने छ ।

‘रोबो फेस्ट’ का मुख्य आकर्षण फोकसमा अन्तरिक्ष क्षेत्र, प्रदर्शनीमा ठोस रकेट मोडेलहरू र आवेदनमा नेपालको सन्दर्भ रहने एकेडेमीले जनाएको छ ।

विभिन्न कलेज तथा विद्यालयहरूको सहभागिता रहने ‘रोबो फेस्ट’ मा २२ वटा प्रदर्शनी स्टलहरू रहने आयोजकले जनाएको छ ।

‘रोबो फेस्ट’ मा नगद पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?