+
+

सिरहामा बालिका बलात्कारको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते २१:१५

३ फागुन, जनकपुरधाम । बालिका बलात्कारको आरोपमा प्रहरीले सिरहामा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखीपुर नगरपालिका २ का १८ वर्षीय निकेश कुमार यादव छन् ।

उनले बुधबार सिरहाको लहान गनरपालिका–१ स्थित भाडाको घरमा बरियापट्टी गाउँपालिका– ७ की १५ वर्षीया बालिकालाई बोलाएर बलात्कार गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

बालिकाको विराटनगरस्थित नोबल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक उदयकान्त गिरीले जानकारी दिए ।

बालिकाले जानकारी दिएलगत्तै युवकलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?