+
+

अमेरिकामा ३ जना नेपालीलाई प्रेसिडेन्सियल लाइफ टाइम एचिभमेन्ट अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १२:४३

४ फागुन, अमेरिका । नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, पूर्व उपाध्यक्ष तथा वर्तमान प्रवक्ता किरण पौड्याल,  सल्लाहकार प्रा. प्रभात दीक्षित, पूर्वअध्यक्ष दिनेश शर्मा प्रेसिडेन्सियल लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।

समुदायमा गरिएको ‘भोलिन्टियर’ सेवाको लागि उनीहरुलाई अवार्ड प्रदान गरिएको हो । समाजको सुधारको लागि जीवनभर सेवा र समर्पणको मान्यता दिँदै बिभिन्न लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई यो अवार्ड दिइन्छ ।

यो सम्मान, स्वयंसेवा मार्फत आफ्नो समुदायमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई दिइने प्रतिष्ठित सम्मान हो ।

यो अवार्ड अमेरिकाका राष्ट्रपतिले सरकारसँग सम्बद्ध प्रतिनिधिमार्फत प्रदान गरिन्छ । अवार्डमा राष्ट्रपति सम्मानको साथमा, सम्मानित व्यक्तित्वहरुलाई व्यक्तिगत प्रमाणपत्र, आधिकारिक पिन, सुनको तक्मा र संयुक्त राज्यका राष्ट्रपतिबाट बधाई पत्र प्रदान गरिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?