+
+

‘गाउँ आएको बाटो’ स्वीडेनको एसिया-टिस्का फेस्टिभलमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १६:३२

काठमाडौं । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ स्वीडेनको प्रतिष्ठत एसिया टिस्का फिल्म फेस्टिभलमा छनोट भएको छ । स्वीडेन सरकारले आयोजना गर्ने यो महोत्सवमा अन्य एसियाली फिल्म पनि छनोट भएका छन् ।

यसैवर्ष क्यानडाको टोरन्टोमा विश्व प्रिमियर भएको यो फिल्म बुसान, मुम्बई, साओ पाउलो, मुम्बई, गोटेबर्ग, पुने र केरला फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेको छ ।

छनोटपछि निर्माण टिमले जारी गरेको प्रेस विज्ञप्तिमा फेस्टिभलमा छनोट हुनुले यस क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको जनाएको छ । ‘यस चलचित्रले नेपाली चलचित्रको विश्वमा दृश्यता बढाउन र सही अन्तर्राष्ट्रियकरणमा टेवा पुर्‍याउनेछ भन्ने आशा लिएका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

उक्त फेस्टिभल मार्चको अन्त्य र अप्रिलको सुरुवातमा स्वीडेनमा आयोजना हुने जनाइएको छ ।

निर्माता आमोद राईले आठौं फेस्टिभलमा फिल्म छनोट हुनुले आफूलाई उत्साह मिलेको बताए । यो फिल्मको नेपाल थिएट्रिकल मिति चाहिं जेठ १८ गते तोकिएको छ ।

दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बा, केशव राई, सुम्निमा राई र राज थापाको मुख्य भूमिका रहेको ‘गाउँ आएको बाटो’ले राई समुदायको सामाजिक पृष्ठभूमि र गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावको कथा प्रस्तुत गर्छ ।

अमेरिकी छायाकार जोस हेरमले खिचेको यो फिल्मलाई भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको छ । फिल्ममा महेश राई र नवीन सुब्बाको लेखन, क्वान पुन लिउङको सम्पादन, हेडी लीको संगीत र किशोर आचार्यको ध्वनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?