+
+
Shares

हिन्दु राष्ट्रको पक्षमा कांग्रेस २२ केन्द्रीय सदस्यको पूरक प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १७:०१
शंकर भण्डारी ।

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यले सनातन हिन्दू राष्ट्रलाई महासमिति बैठकको एजेण्डा बनाउन माग गरेका छन् ।

७ फागुनदेखि सुरु हुने महासमिति बैठकको एजेण्डा तय गर्न बिहीबारदेखि कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेको छ, जहाँ तीन वटा दस्तावेज पेश भएको छ ।

त्यसमा असहमत २२ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई भेटेर महासमिति बैठकमा छलफल गरेर सनानत हिन्दु राष्ट्रको पक्षमा उभिनुपर्ने पूरक प्रस्ताव बुझाएका छन् ।

केन्द्रीय कार्य समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा हिन्दूराष्ट्रको एजेण्डा समावेश नभएकोमा उनीहरुले चिन्ता जनाएका छन् ।

भोलि शनिबार सानातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियान घोषणाको तयारीमा रहेका उनीहरुले महासमिति बैठकबाट कांग्रेस वैदिक सनातन हिन्दु धर्मको पक्षमा उभिनुपर्ने माग गरेका छन् ।

‘..तपशीलका केन्द्रीय कार्य समितिका सदस्यहरुले महासमितिको बैठकबाट छलफल गरेर सनातन हिन्दुराष्ट्रको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पूरक प्रस्तावको रुपमा वैदिक सनातन हिन्दू धर्मको पक्षमा यो प्रस्ताव पेश गरेका छौं’, सभापतिलाई बुझाइएको प्रस्तावमा उल्लेख छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?