+
+

रियल मड्रिड बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते ९:०३

७ फागुन, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड रायो भालेकानोसँग बराबरीमा रोकिएको छ । आयतबार राति भएको खेलमा रियलले राभो भालेकानोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको तेस्रो मिनेटमै जोसेलुले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता रियलले कायम राख्न सकेन ।

भालेकानोले २७औं मिनेटमा राउल डे टोमसको पेनाल्टी गोलमा खेल बराबरीमा ल्याएको थियो । भिएआरको सहयोगमा रियलका कामाभिंगाले ह्यान्ड गरेको देखेपछि भालेकानोले पेनाल्टी पाएको थिए । त्यसमा डे टोमसले कुनै गल्ती नगरी गोल गरे ।

त्यसपछि खेलमा कुनै गोल भएन । रियलका डाद्दी कार्भाजलले खेलको इन्जुरी टाइममा रातो कार्ड पाउ मैदान बाहिरिएका थिए ।

रियलले बराबरी खेल्दा दोस्रो स्थानको जिरोना र तेस्रो स्थानको बार्सिलोनालाई पनि उपाधिको आशा कायम रहेको छ ।

२५ खेलबाट रियल ६२ अंकसहित शीर्षमै छ । एक खेल कम खेलेको जिरोना ५६ अंकसहित दोस्रोमा छ । बार्सिलोना २५ खेलबाट ५४ अंकसहित तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?