+
+

पार्टीभित्र न्याय नपाएको अवस्था छः डिना उपाध्याय

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १५:०७

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसकी सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीभित्र न्याय नपाएको गुनासो आएको बताएकी छन् । न्याय दिने बाटोमा पार्टीको अबको नीतिले अबलम्बन गर्ने उनले बताइन् ।

‘आम पार्टीका कार्यकर्तालाई अन्याय भयो । त्यसको अभिलेखीकरण गर्दै सबैलाई न्याय दिने वातावरणमा हामी सबै जुटौं,’ उपाध्यायले भनिन् । सोमबारदेखि सुरु भएको महासमिति बैठकको उद्धघाट्न सत्रमा बोल्ने क्रममा उपाध्यायले पार्टीको नीतिले मुलुकको परिवर्तन गर्ने अठोट र प्रतिवद्धता लिने बताइन् ।

महासमिति बैठकले मुलुकको परिवर्तनको बाटो तय गर्ने बताइन् । उपाध्यायले भनिन्,‘जनताको विश्वास कांग्रेसप्रति आज पनि छ । संविधानले दिएको अधिकार कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसलाई दिइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?