+
+

प्रधानमन्त्री प्रचण्ड र आरती साहको परिवारबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते ११:४७

८ फागुन, काठमाडौं । प्रधानममन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आरती साहको परिवारबीच भेटवार्ता भएको छ ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा साहको परिवार बुधबार बालुवाटार पुगेका थिए । भेटमा आफूहरुले न्यायका लागि गर्नु परेको संघर्षबारे प्रधानमन्त्रीलाई जानकारी गराएको आरतीका भाइ प्रेमले जानकारी दिए । ‘प्रमाणहरु लुकाइयो, हामीमाथि पनि कुटपिट भयो भनेर हामीले भन्यौं’ उनले भने, ‘उहाँले हाम्रो कुरा सुन्नुभयो । त्यहीबाट कसैलाई फोन पनि गर्नु भयो ।’

प्रधानमन्त्री प्रचण्डले न्यायका लागि पहल गर्ने आश्वासन समेत दिएको प्रेमले जानकारी दिए ।

जनकपुरकी आरतीको हत्या भएको परिवारको दाबी छ । परिवारले निरन्तर धर्ना दिएपछि मुद्दा दर्ता भएर उनका श्रीमान पुर्पक्षका लागि थुनामा समेत गरेका छन् ।

तर उनको माइती परिवार (आमा, बाबु, भाइ र बहिनी)ले पूर्ण न्याय माग गर्दै धर्नामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?