+
+

कामना सेवामा भिडियो केवाईसीमार्फत अनलाइन खाता खोल्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १४:३२

काठमाडौं । कामना सेवा विकास बैंकमा अनलाइन माध्ययमबाट खाता खोली ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न सकिने भएको छ । यो सँगै कामना सेवा विकास बैंकमा खाता खोल्न ग्राहक स्वयं उपस्थित हुनु नपर्ने भएको छ ।

अनलाइन माध्ययमबाट खाता खोल्न सक्ने व्यवस्था यसअघि नै गरिएको भएतापनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्न बैंकमा स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था थियो ।

तर अब अनलाइन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरी ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सकिने छ ।

यो सुविधा प्रयोग गर्न बैंकको डिजिटल प्लाटफर्म www.digiaccount.kamanasewabank.com मार्फत खाता खोल्न र आफ्नो विवरण अद्यावधिक गर्न सकिने छ ।

बैंकले यो व्यवस्था ल्याएसँगै स्वदेश तथा विदेशमा रहेका ग्राहकले आफू अनुकूल विभिन्न प्रकारका खाता खोल्न सक्ने छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आफ्नो खाता खोलेर डिम्याट, मेरो सेयर लगायतका सुविधाहरु प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले अनलाइन खाता खोल्ने प्रक्रियाको विस्तृत विवरण समेत सार्वजनिक गरेको छ ।
उक्त भिडियो बैंकको वेभसाइट तथा अन्य सामाजिक सञ्जालमा राखिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?