+
+
Shares

महाधिवेशनबारे छलफल गर्न जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते ७:५३
जसपा अध्यक्ष उपेन्द्र यादव

१० फागुन, काठमाडौं । राष्ट्रिय महाधिवेशन तयारीका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्न लागेको हो ।

जसपाले आगामी जेठ २८, २९ र ३० राष्ट्रिय महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । गत पुष २७ गते सम्पन्न केन्द्रीय समितिको बैठकले जनकपुरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसैको तयारीका सम्बन्धमा छलफल गर्न पार्टी अध्यक्ष उपेन्द्र यादवले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान हुन् ।

बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरुको मस्यौदा समिति गठन गर्ने, महाधिवेशनको व्यवस्थापन तयारी समिति बनाउने, केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँट गर्ने लगायत पार्टीका अन्य आन्तरिक जीवनका विषयमा पनि छलफल हुने जसपाको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?