+
+

गणपूरक संख्या नपुर्‍याउन बैठक छाडेको आरोप लगाएपछि संसदमा विवाद

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते ११:४४
नेपाली कांग्रेसका सांसद राजेन्द्र केसी । फाइल फोटो

११ फागुन, काठमाडौं । सत्तारुढ सांसदले गणपूरक संख्या नपुर्‍याउन विपक्षी सांसदहरु बाहिर गएको आरोप लगाएपछि संसदमा विवाद भएको छ ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले बिहीबारको बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक पेश हुने बेलामा विपक्षी दलका सांसदहरु बाहिर गएको आरोप लगाएका थिए ।

लगतै विपक्षी सांसदहरुले उठेर विरोध गरे । सत्तारढ सांसदहरु पनि प्रतिवादमा उत्रिएपछि संसदमा हल्लाखल्ला भएको छ ।

कांग्रेस सांसद केसीले आफूले आरोप लगाउन नचाहेको, तर आँखाले देखेको बोलेको बतए ।

त्यसपछि सभामुखले एमाले प्रमुख सचेतक पदम गिरीले प्रतिपक्षमाथि हिलो छ्यापेको आरोप लगाए । आफूहरुका कारण विधेयक पास गर्न कहाँ बाधा पुग्यो भन्ने प्रश्न गरेका उनले भने, ‘बहुमतको सरकार हो, संसदका बहुमत सदस्यहरुको विश्वास छ भने आफूले पेश गरेको विधेयक पास गर्ने आँट सरकारसँग छ कि छैन ? छैन भने नैनिक रुपले राजीनामा दिनुपर्छ ।’

रास्वपाका विराजभक्त श्रेष्ठले संसदको क्यालेण्डर हेरेको हो कि होइन भनेर प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?