+
+

राजनीति छाडेकी एलिजा गौतम नयाँ लभस्टोरी फिल्ममा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १२ गते १९:५२
एलिजा गौतम (बीचमा), निर्देशक समुन्द भट्ट दायाँ र निश्चल खड्का ।

काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतमलाई लिएर निर्देशक समुन्द्र भट्टले नयाँ फिल्म बनाउने भएकी छन् । शनिबार घोषणा गरिएको यो अनटाइटल फिल्मको शीर्ष भूमिकामा एलिजा र निश्चल खड्का हुने जनाइएको छ ।

द स्काइ इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको यो फिल्मको छायांकन बैशाखदेखि सुरु हुने जनाइएको छ । लभस्टोरी–क्राइम–थ्रीलर जनराको यो फिल्मको कथा भट्टले नै लेखेकी हुन् ।

‘अनुराग’बाट फिल्ममा डेब्यु गरेकी एलिजाले त्यसयता थुप्रै म्यूजिक भिडियोमा काम गर्दै आइरहेकी छिन् । सक्रिय राजनीति थाल्ने भन्दै रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी उनले असार २१ गते फेसबुकमा स्टाटस लेख्दै पार्टी छाडेको घोषणा गरेकी थिइन् ।

एलिजालाई लिएर यसअघि ‘घुइँचो’ फिल्म पनि घोषणा भएको थियो, जुन बन्न सकेन । राजनीति छाडेकी एलिजाले अब फिल्म अभिनय करिअरलाई अघि बढाउने समेत बताएकी छन् ।

निश्चलले ‘लण्डन टु पेरिस’बाट रजतपटमा डेब्यु गरेका हुन् । यो फिल्म प्रदर्शनको तयारीमा छ । निर्देशक भट्टले निर्देशन गरेको ‘गुन्यो चोलो’ प्रदर्शनको पर्खाइमा छ । यो उनको तेस्रो निर्देशकीय फिचर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?