+
+

३ दिनभित्र धुलिखेल सडक निर्माण सुरु गर्ने सहमतिपछि जिसस प्रमुखले तोडे अनशन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १२ गते २०:५१

१२ फागुन, काठमाडौं । सडक कार्यालय र ठेकेदारसँग पाँच बुँदे सहमति भएपछि जिल्ला समन्वय समिति काभ्रेका संयोजक दीपक गौतमले अनशन तोडेका छन् ।

धुलिखेल खावा सडक निर्माण तत्काल सुरु गर्न माग गर्दै शुक्रबार अनसन सुरु गरेका गौतमले पाँच बुँदे सहमतिपछि अनशन तोडेका छन् ।

सडक डिभिजन कार्यालय भक्तपुर र ठेकेदार गौरी पार्वती निर्माण सेवाले १५ फागुनसम्म कम्तीमा १०० जना जनशक्ति, ४ वटा एक्साभेटर, ६ वटा टिपर, अन्य आवश्यक जनशक्ति, मेसिन र निर्माण सामग्री साइटमा परिचालन गरी निर्माण कार्यलाई तीब्र बनाउन सहमत भएका छन् ।

अबको ३ दिनभित्र निर्माण कार्यलाई द्रुत गति नदिए सडक डिभिजन कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाउने र तयसमा ठेकेदार कम्पनीले उजुरी गर्न नपाउने पनि सहमति भएको छ ।

निर्माण सुरु गरेपछि आवश्यकता अनुसार जनशक्ति, उपकरण र निर्माण सामग्री थपेर धुलिखेलदेखि २ किलोमिटर परसम्मको सडक चैत १९ गतेभित्र कालोपत्रे गरिसक्ने पनि सहमति भएको छ ।

त्यसपछि बाँकी सडकको निर्माण सुरु गर्ने, काम सन्तोषजनक नभए सडक डिभिजन कार्यालयले जुनसुकै बेला ठेक्का तोड्न सक्ने सहमति पनि भएको छ ।

सहमतिमा गौरी पार्वती निर्माण सेवाका प्रोपाइटर राामकुमार थापा र विशाल थापाले हस्ताक्षर गरेका छन् भने सडक डिभिजन कार्यालय भक्तपुरका तर्फबाट डिभिजन प्रमुख मेघराज मरासिनी र इन्जिनियर सुमन बस्नेतले हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस् सहमति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?