+
+

माओवादीको स्थायी कमिटी बैठक बस्दै, प्रचण्डले जवाफ दिने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते ९:०४

१३ फागुन, काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएको छ ।

आज स्थायी कमिटी सदस्यहरुले उठाएको प्रश्नको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

बैठकमा माओवादी रुपान्तरण विशेष अभियानअन्तर्गत राम्रो काम गरेर सम्मानित हुनेहरुको नाम टुंगो लगाइने छ ।

साथै काममा नखटिएकाहरुलाई कारबाहीका लागि सिफारिस गर्ने माओवादीले जनाएको छ ।

माओवादीले तीन जनालाई सम्मान र तीन जनालाई कारबाहीको तयारी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?