+
+

बिग्रन थाले संसदका माइक, सांसदलाई हैरान

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १२:२२
सूर्यमान तामाङ दोङ

१३ फागुन, काठमाडौं । प्रतिनिधि सभामा सांसदहरुका लागि राखिएका माइक बिग्रन थालेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले आफू रहेको कुर्सी अगाडिको माइक बिग्रेपछि अन्य सांसदहरुको माइक तानेर बोल्नु परेको छ ।

प्रतिनिधि सभा सदस्य सूर्यमान तामाङ दोङले शून्य समयमा बोल्न माइक उचाले तर, काम गरेन । त्यसपछि उनी अलमलिए । सभामुखले ‘अर्को माइक प्रयोग गर्न’ सुझाए ।

केही बेरपछि शून्य समयमै बोलेका हेमराज राईले पनि माइकका कारण हैरानी बेहोर्नु पर्यो । आफ्नो छेवैको माइक बिग्रिएको थाहा पाएपनि अर्को–अर्को गर्दै आफू रहेको लहरका सबै माइक एक÷एक गरी चेक गरे तर कुनैले पनि काम गरेन । त्यसपछि उनले तल्लो लहरमा पुगेर माइक लिएर बोले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?