+
+

यामी गौतम स्टारर ‘आर्टिकल ३७०’ भारतीय बक्स अफिसमा हिट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १६:२९

काठमाडौं । बलिउड अभिनेत्री यामी गौतमको नयाँ फिल्म ‘आर्टिकल ३७०’ ले भारतीय बक्स अफिसमा उत्साहजनक कमाइ गरेको छ । भारतीय लोकसभाको चुनाव हुनु केही महिनाअघि रिलिज भएको यो फिल्मसँग सत्तारुढ भारतीय जनता पार्टीको प्रमुखमध्येको एक मुद्दा ‘आर्टिकल ३७०’ जोडिएको छ ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले जम्मू कश्मीरलाई उक्त संवैधानिक धारामार्फत दिइँदै आएको विशेषाधिकार खारेज गर्दै त्यहाँ राष्ट्रपतीय शासन लागू गरेको थियो । उक्त धारा खारेज भएपछि जम्मू र कश्मीर दुई भिन्न राज्य बने । यो निर्णयलाई मोदी सरकारले महत्वपूर्ण उपलब्धि मानेको छ ।

शुक्रबारदेखि हलमा रिलिज भएको ‘आर्टिकल ३७०’ ले उक्त मुद्दालाई कथावस्तु बनाएको छ । यो फिल्मले भारतीय संविधानको धारा ३७० सँग जोडिएको कथा देखाएको छ । यो फिल्ममा यामीले जुबी हस्कर नामक एक लोकल एजेन्टको भूमिका निर्वाह गरेकी छन्, जो एक खतरनाक मिसनमा हुन्छिन् ।

यामीको अहिलेसम्मकै राम्रो फिल्मको रुपमा प्रशंसा पाइरहेको यो फिल्मले ६.१२ करोडको ओपनिङ गरेको थियो । शनिबार फिल्मले ९.०८ करोड भारु कमाएको छ । दुईदिने कमाइ १५.२० करोड भारु पुगेको छ । बलिउड व्यापार विश्लेषक तरण आदर्शले तेस्रो दिनको कमाइमा यो फिल्मले दर्शकलाई सरप्राइज दिने भन्दै प्रक्षेपण गरेका छन् । पहिलो सप्ताहन्त (शुक्रबारदेखि आइतबारसम्म) भारतीय बक्स अफिसमा यसले २५.५ करोड भारु कमाउने उनको अनुमान छ ।

शुक्रबारै रिलिज भएको एक्सनप्रधान बलिउड फिल्म ‘क्र्याक’ले शुक्रबार र शनिबार ६.२६ करोड भारु कमाएको छ । ‘आर्टिकल ३७०’को तुलनामा ‘क्र्याक’को कमाइ आधाले कम हो । यद्यपि फिल्मको समीक्षा पनि सुखद् छ । यो फिल्ममा विद्युत जामवाल र अर्जुन रामपालको एक्सनको प्रशंसा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?