+
+

टी-२० सिरिजका लागि नेपाली टोली घोषणा, ए टिमका ६ खेलाडी समावेश

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १९:४२

१३ फागुन, काठमाडौं । मंगलबारदेखि सुरु हुने त्रिकोणात्मक टी-२० आई क्रिकेट शृंखलाका लागि नेपाल क्रिकेट संघ क्यानले टिम घोषणा गरेको छ ।

टी-२० टिममा ए टिमका ६ जना खेलाडीलाई समावेश गरिएको छ । लिग टु खेलेको टिमका १५ मध्ये ११ जना यथावत छ ।

लिग २ खेलेको टोलीमा रहेका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ बाहिरिएका छन् ।

नेपाल ए टिमका कप्तान विनोद भण्डारीसहित सन्दीप जोरा, विवेक यादव, प्रतिश जिसी, रासिद खान र सागर ढकाल टी-२० टिममा समावेश भएका हुन् ।

यस्तै टी-२० मा विशेषज्ञ बलरको रुपमा रहेका अविनाश बोहरा पनि टी-२० सिरिजमा टिममा समेटिएका छन् ।

टी-२० सिरिजका लागि घोषित १८ सदस्यीय टोलीमा १४ जना आईसीसी टी-२० विश्वकप एसिया छनोट खेलेका टिमकै खेलाडी छन् ।

नेदरल्याण्ड्स र नामिबिया सम्मिलित टी-२० सिरिज मंगलबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदै छ । नेपालले टी-२० सिरिजको पहिलो खेल मंगलबार नामिबियासँग खेल्नेछ ।

नेपाली टिम

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रसिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहरा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?