+
+

प्रतिश जिसी पहिलो पटक प्लेयर अफ द म्याच

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते १६:५७

१९ फागुन, काठमाडौं । नेपाली क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर प्रतिश जिसी नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा पहिलो पटक प्लेयर अफ द म्याच बनेका छन् । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई ६ विकेटको जित दिलाउन प्रतिशले उत्कृष्ट बलिङ गरेका थिए ।

प्रतिशले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ३ विकेट लिएका थिए । उनको उत्कृष्ट बलिङमा नेदरल्यान्ड्स १९.३ ओभरमा १२० रनमा अल आउट भएको थियो । एक समय नेदरल्यान्ड्स ८ ओभरमा ५४–२ को अवस्थामा थियो । प्रतिशले नवौं ओभरको पहिलो बलमा स्कट एडवार्ड्सलाई १८ र पाँचौं बलमा म्याक्स ओडाउडलाई ३१ रनमा बोल्ड आउट गरेका थिए ।

दुबै सेट भएका ब्याटर आउट भएपछि नेदरल्यान्ड्स संकटमा परेको थियो । १५ औं ओभरको तेस्रो बलमा नेदरल्यान्ड्सका फिनिसर तेजा निणामानिरुलाई प्रतिशले ५ रनमा बोल्ड आउट गरेका थिए । प्रतिशले गतवर्ष देखि नेपालको टोलीमा छन् ।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा प्रतिशले पपुवा न्युगिनीविरुद्ध डेब्यू गरेका थिए । तीन ओडीआई खेलमा उनले २ विकेट लिएका छन् । टी-२० आईमा भने गत अक्टोबरमा मुलपानी क्रिकेट मैदानमा हङकङविरुद्ध डेब्यू गरेका थिए ।

प्रतिशको यो चौथो टी-२० आई खेल हो । उनी नेपालको टोलीमा लगातार रहेपनि अधिकाम्स समय बेन्चमा बस्दै आएका छन् । नेपालले उक्त लक्ष्य १५.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपाल साथै फाइनलमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?