+
+

अष्ट्रेलियामा स्थायी बसोबासको अनुमति पाउने पहिलो नेपाली सम्मानित

राजन घिमिरे राजन घिमिरे
२०८० फागुन १४ गते ११:४३

सिड्नी । अष्ट्रेलियामा स्थायी बसोबास गर्ने पहिलो नेपालीलाई सम्मान गरिएको छ । शनिबार सिड्नीमा स्थानीय लुक्ला टिभीले आयोजना गरेको समारोहमा अष्ट्रेलियाको स्थायी बसोबास अनुमति पत्र (पीआर) सबैभन्दा पहिले लिने नेपाली डा. नारायण प्रधान र इन्द्रा बनलाई ‘गोल्डेन जुब्ली अवार्ड’बाट सम्मान गरिएको हो । उनीहरुले ५० वर्षअघि अष्ट्रेलियाको पीआर लिएका थिए ।

उनीहरुसँगै डा. प्रधानकी श्रीमती लीला प्रधानलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा डा. प्रधान र बनलाई अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, अष्ट्रेलियाका संघीय तथा राज्यसभाका सांसदहरुले संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए ।

डा. प्रधान र बन सन् १९७३ मा अष्ट्रेलिया पुगेपछि नेपाली समुदायको उपस्थिति बाक्लिएको थियो भने त्यसपछि नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध बिस्तार भएको मानिन्छ । समारोहमा राजदूत पोखरेलले सम्मानित व्यक्तिहरुले नेपाल-अष्ट्रेलिया सम्बन्ध बिस्तारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

डा. प्रधान र बनले अष्ट्रेलियामा नेपाली समुदाय बिस्तार हुँदै गएकोमा खुसी व्यक्त गर्दै आफूहरु आएको समयमा नेपाली बोलेको सुन्न निकै लालयित भएको स्मरण गरे । ‘अष्ट्रेलियनहरूले नेपाल कहाँ हो भनेर सोध्दा माउण्ट एभरेष्ट भएको देश भन्नुपर्थ्यो तर आज त्यो अवस्था छैन । यहाँ पनि नेपालीहरूले शानका साथ आफ्नो उपस्थिति जनाएको देख्दा गर्व लाग्छ.’ डा. प्रधानले भने ।

लेखकको बारेमा
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?