+
+

भदौमा सरुवा भएका प्रधानाध्यापकले बुझाएनन् हिसाब

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १९:५२

१४ फागुन, जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिका–८ स्थित आधारभूत विद्यालय आनन्दनगर टाँडीबाट सरुवा भएका प्रधानाध्यापक हरिशरण रायले हरहिसाब बुझाउन आलटाल गरेका छन् ।

गत भदौमा बरहथवा नगर कार्यपालिकाको बैठकले दरबन्दी मिलान गर्ने निर्णय गरेअनुसार राय बरहथवा नगरपालिका–१८ स्थित आधारभूत विद्यालय, श्रीपुरमा सरुवा भएका थिए ।

हाल आधारभूत विद्यालय श्रीपुरको प्रधानाध्यापक रहेका रायले आधारभूत विद्यालय आनन्दनगरको हिसाब किताब नबुझाएको व्यवस्थापन समितिले जनाएको छ ।

पटक पटक ताकेता गर्दा नगरपालिका तथा प्रहरीमा बुझाउने प्रतिबद्धता गरेपनि हालसम्म नबुझाएको आधारभूत विद्यालय आनन्दनगरका विद्यालय व्यवस्थापन समिति सदस्य राजेशप्रसाद यादवको गुनासो छ ।

उनका अनुसार हालसम्म कागजात नबुझाउँदा विद्यालयले लेखापरीक्षण गर्न पाएको छैन भने पठनपाठन पनि प्रभावित भएको छ ।

प्रधानाध्यापक रायले बरबुझारथ नगरेपछि विद्यालयले नगरपालिका कार्यालयमा १९ असोजमा र ८ कात्तिकमा इलाका प्रहरी कार्यालयमा निवेदन दिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष यादवका अनुसार इलाका प्रहरी कार्यालयमा प्रधानाध्यापक रायले कागजात बुझाउने प्रतिबद्धता गरेका थिए, तर बुझाएनन् । त्यसपछि नगरपालिका कार्यालयमा भएको छलफलमा पनि प्रधानाध्यापक रायले हरहिसाब बुझाउने प्रतिवद्धता गरेका थिए ।

१ फागुनमा नगरपालिका कार्यालयले प्रधानाध्यापक रायलाई पत्र पठाउँदै साविक विद्यायका नगद, जिन्सी, श्रेस्ता लगायत लेखापरीक्षण प्रतिवेदन ५ दिनभित्र बुझाउन निर्देशन दिएको थियो । यद्यपि उनले उक्त ५ दिनको समय गुजारिसकेका छन् ।

विद्यालयको अभिभावक भेलाले रायविरुद्ध उच्च अदालतमा मुद्दा दिने निर्णय गरेको व्यवस्थापन समिति अध्यक्ष महेश यादवले बताए ।

प्रअ रायले भने आफूले बरबुझारथ गरिसकेको दावी गरे । ‘बरबुझारथ गरिसकेको छु । पत्र दिन मात्र बाँकी छ । त्यसैको लागि आज नगरपालिका कार्यालय जान लागेको छु’, प्रअ रायले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?