+
+
Shares

डोजर चलेपछि प्रधानाध्यापक भन्छन्– स्कुल बन्ने नै सरकारी जग्गामा हो

‘अब कसरी पढाउने अन्योलमा छौं’

‘विद्यालय सरकारी जग्गामै बन्ने हो । विद्यालय नभत्काउन आग्रह गर्‍यौं,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘हाम्रो कुराको सुनुवाइ भएन ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते १२:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले अतिक्रमित सरकारी जग्गामा बनेका विद्यालयहरू भत्काउने क्रम जारी राखेको छ।
  • बालाजुस्थित २०५३ सालदेखि सञ्चालन भएको श्री बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालय भत्काइएको छ।
  • विद्यालयका १२० बढी विद्यार्थीलाई तत्काल तरुण माविमा सारिएको भए पनि दीर्घकालीन समाधान छैन।

१९ वैशाख, काठमाडौं । सरकारले अतिक्रमित जग्गा खालि गर्ने क्रममा सरकारी जग्गामा बनेको विद्यालयहरू पनि भत्काउने क्रमलाई निरन्तरता दिइरहेको छ ।

शनिबार बिहान बालाजुस्थित एक विद्यालय पनि भत्काइएको छ । २०५३ सालदेखि सञ्चालित श्री बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयको भवन डोजर लगाएर भत्काइएको छ ।

कक्षा १ देखि ८ सम्म रहेको यस विद्यालयमा १२० बढी विद्यार्थी रहेको प्रधानाध्यापक शान्तराम श्रेष्ठले जानकारी गराए ।

बालाजु–१९ मा रहेको सुकुवासीवस्तीका भवन भत्काउने जानकारी १५ वैशाखमा जानकारी गराइएको थियो । सरकारी जग्गामा बसेको विद्यालय भवन नभत्काउन आग्रह गर्दा समेत सरकारी पक्षले सुनुवाइ नगरेको प्रधानाध्यापक श्रेष्ठले बताए ।

‘विद्यालय सरकारी जग्गामै बन्ने हो । विद्यालय नभत्काउन आग्रह गर्‍यौं,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘हाम्रो कुराको सुनुवाइ भएन ।’

महानगरले विद्यालय भत्काउने जानकारी गराएपछि विद्यालयका सामग्रीहरू नजिक रहेको अर्को विद्यालय तरुण माविमा सारिएको छ । तत्कालका लागि आश्रयस्थलका रूपमा तरुण मावि भएपनि दीर्घकालीन समाधान नभइसकेको प्राधानाध्यापक श्रेष्ठले बताए । उनले भने, ‘विद्यायलयका समान सबै सार्‍यौं । विद्यार्थीहरूलाई पनि त्यहीं आउन भनेका छौं । अब कसरी पढाउने अन्योलमा छौं ।’

१६ कोठे विद्यालयमा अधिकांश मजदुरका बाल बच्चाहरू पढ्दै आएको विद्यालयले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?