२५ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिका–१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक अन्जना भण्डारीलाई कुटपिट गर्ने व्यवस्थापन समितिका अध्यक्ष रमेश भन्ने खाम्सोङ तामाङ गाउँबाट भागेका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरमा जाहेरी दर्ता भएपछि उनी भागेका हुन् । भण्डारीले आफूमाथि कुटपिट गर्ने अध्यक्ष तामाङविरुद्ध १९ कात्तिकमा जाहेरी दिएकी थिइन् ।
जाहेरीको आधारमा प्रहरीले खोजेपनि अध्यक्ष तामाङलाई भेटाएको छैन ।
प्रहरी अधिकारीका अनुसार उनी गाउँ छोडेर हिँडेका छन् । जिल्लाभर खोजी गर्दा पनि अध्यक्ष तामाङ नभेटिएको इलाका प्रहरी कार्यालय नवलपुरका इन्स्पेक्टर मधु खड्काले जानकारी दिए ।
यद्यपि, प्रहरीले उनको खोजी गरिरहेको ।
विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएको पत्रमा मिति फरक परेको भन्दै अध्यक्ष तामाङले बैठककक्षमै प्रधानाध्यापक तामाङलाई कुटपिट गरेका थिए ।
अध्यक्ष तामाङले भण्डारीको आँखा र गालमा चोट लाग्नेगरी कुटपिट गरेका थिए ।
प्रतिक्रिया 4