१९ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक अन्जना भण्डारीले आफूमाथि कुटपिट गर्ने व्यवस्थापन समितिका अध्यक्ष रमेश भन्ने खाम्सोङ तामाङविरुद्ध जाहेरी दिएकी छिन् ।
प्रहरीका अनुसार, उनले आज जाहेरी दिएकी हुन् । ‘उहाँको जाहेरी आएको छ । दर्ता भएको छैन । मुचुल्का उठाएर भोलि दर्ता हुन्छ,’ इलाका प्रहरी कार्यालय नवलपुरका इन्सपेक्टर मधु खड्काले जानकारी दिए ।
हिजो व्यवस्थापन समितिको बैठक बसिरहेको समयमा अध्यक्ष तामाङले गाली गर्दै प्रधानाध्यापक भण्डारीलाई कुटपिट गरेका थिए । भण्डारीको आँखामा गाला र आँखामा चोट लागेको छ ।
प्रहरी स्रोतका अनुसार, भण्डारीले लेखेको पत्रमा मिति लेखेको नमिलेको भन्दै अध्यक्ष तामाङले कुटपिट गरेका हुन् ।
सो घटनाप्रति नेपाल शिक्षक महासंघ इन्द्रावती गाँउपालिका समितिले भर्त्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ ।
प्रतिक्रिया 4