+
+

म्यानहन्ट इन्टरनेसनल नेपालको उपाधि अभिनव थापालाई

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १४:०७

काठमाडौं । पुरुष सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनल नेपाल-२०२४ को उपाधि अभिनव थापाले जितेका छन् । काठमाडौंमा आयोजित ग्राण्ड फिनालेमा सेकेण्ड रनरअप दिलीप नेपाली मिस्टर इन्टरनेसनल नेपाल-२०२४ घोषित भए ।

युनिक तुलाधर थर्ड रनरअप घोषित भए । प्रतियोगिताका शीर्ष दुई विजेताले सम्बन्धित शीर्षकको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने अवसर पाउने जनाइएको छ ।

यो प्रतियोगितामा प्रशान्त ताम्राकार, सुशील श्रेष्ठ र ओसिमा बानु जजको रुपमा थिए । उनीहरुलाई टेन एक्सको तर्फबाट गिफ्ट ह्याम्पर र ट्री प्रदान गरिएको छ । ग्रुप अफ इभेन्ट इन्टरटेनर्सको आयोजनामा भएको यो म्यानहन्ट नेपालको १३ औं संस्करण हो ।

अघिल्ला संस्करणमा अनुपविक्रम शाही, विकल्पराज श्रेष्ठ, समिम खान, सनिश शाक्य, कानिज कोइराला, निर्जन थापा, रिकेशराज श्रेष्ठ, चन्दन अग्रवाल, सुरिध ज्योति र प्रशान्त ताम्राकारले उपाधि जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?