+
+

सवारी ज्यान मुद्दामा धर्मेन्द्र बास्तोला दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १८:१३

१४ फागुन, काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत, दाङले उनलाई सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै १ वर्ष कैद सजाय गर्ने आदेश सुनाएको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिए ।

न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले सवारी ज्यान मुद्दामा उनलाई दोषी ठहर गर्दै जेल र २ हजार रुपैयाँ सजाय सुनाएको हो ।

बाँस्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कर्पियोले २ कात्तिकमा रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा मोटरसाइकल चालक २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो ।

दशैं मनाउन सुर्खेत जाने क्रममा भएको दुर्घटनामा चौधरीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय, भालुवाङले उनलाई नियन्त्रणमा लिएको थियो । पछि उनी धरौटीमा छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?